कलाकार तथा निर्देशक दुर्गा खवास ( हैराने ) नेपाली कला क्षेत्रमा परिचित हास्य कलाकार तथा निर्देशक हुन । विभिन्न भुमिका अभिनय गरेपनि दुर्गाको खास पहिचान हास्य कलाकारको रूपमा बनेको छ । कलाकार तथा निर्माता काजल भुजेल पनि नेपाली कला क्षेत्रमा परिचय बनाउदै गरेकी कलाकार हुन ।
निर्मात्री काजल भुजेलको निर्माणमा दुर्गा खवास ( हैराने ) लेखन तथा निर्देशनमा हास्य सिरियल र्याङको ठयाङ अहिले चर्चामा रहेको छ , दर्शकले यस् सिरियल रुचाएका छ्न । यस सिरियलमा कलाकारहरू दुर्गा खवास ( हैराने ) ,काजल भुजेल ( गाजली ) , राजु घिमिरे , रुपेश भट्ट ( लठुवा ), एनवी राई ( भिरखर्के ) , नरमाया भुजेल ( रामप्यारी ),मनोज राई (धर्नासे) लगायतको भुमिका रहेको छ । यस सिरियलमा एनवी राई ( भिरखर्के )को व्यबस्थापन , राजु श्रेष्ठको सम्पादन र छायांकन देवराज आचार्यको रहेको छ ।
निर्देशक हैराने भन्छन् -`हिजो आज समाजमा घटिरहेका यथार्थ घटना र परिवेशलाई जस्ताको तेस्तै प्रस्तुत गरी समाज परिवर्तनमा टेवा पर्याउने उदेश्यले यो सिरियल सुरु गरेका हौं । आशा गरे अनुसार नै दर्सकहरूको साथ पाएका छौँ । हामी दर्शकको मायालाई आत्मसात गरेर अगाडि बढने छौँ । कलाकारहरूलाई झनै उत्कृष्ट भुमिका दिन निर्देशकको तर्फबाट म लाग्नेछु ।´
झण्डै दुई दसकदेखि कला क्षेत्रमा सक्रिय हैराने सामाजिक र हास्य टेलिसिरियलमा नाम कमाउन सफल कलाकार हुन । निर्देशनमा पनि उतिकै सक्रिय छ्न । यिनले सिरियल निर्माण पनि गरेका छ्न । र्याङको ठ्याङ सिरियल मेघा टेलिभिजनबाट प्रत्येक शुक्रबार ७:३०मा प्रसारण भइरहेको छ ।