काठमाडौं । २०७२ को संबैधानिक शासकिय ब्यबस्था र यसको विकल्प बिषयक बौद्धिक ब्याक्तित्वहरुबिच समुहगत अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। नेपाली जनता दलको आयोजना र जय जनता जागरण कल्याण परिषद प्रायोजक रहेको कार्यक्रममा ग्रीन एप्पल ग्रुपका अध्यक्ष कवि शर्माले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा बोल्दै अधिबक्ता ठाकुर पोख्रेलले अहिलेको ब्यबस्था खराब नरहेको तर संविधानमा रहेको केही बुदाहरु सच्चाउनुपर्ने बताए। त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष आर पि बिच्छाले अहिलेको निर्वाचन प्रणाली नै चेन्ज गर्नुपर्ने बताए। उनले सुशासन भए मात्रै देश समृद्धि बन्ने बताए।
अर्का बक्ता शिक्षाबिद बिद्यानाथ कोइरालाले सरकारले बिध्यार्थीहरुलाई कहिल्यै पनि बौद्धिक शिक्षा नदिएको बरु राजनीतिक आन्दोलनमा समेटेको आरोप लगाए।त्यस्तै प्राध्यापक भरत पोख्रेलले ब्यबस्था परिबर्तन गरेर मात्रै मुलुकले निकास नपाउने भन्दै नेताहरुमा इमान्दारीता नभएको बताए।त्यसैगरी अर्का बक्ता कृषि बिकास बैंकका पुर्ब जिएम तेज बहादुर बुढाथोकीले राजनीतिक नेताहरुमा लोप र पाप फस्टाएको भन्दै यसलाई नियन्त्रण गर्न सके मुलुक समृद्ध हुने बताए।
कार्यक्रममा राजनैतिक दलका तर्फबाट नेपाल आमा पार्टीका अध्यक्ष रोम लाल गिरि,सुशासन पार्टीबाट महासचिव गोबिन्द गिरि,नेस्नलिस्ट पिपुल्स पार्टीबाट अध्यक्ष इन्द्र बहादुर थापा,राष्ट्रबादी केन्द्र नेपाल बाट अध्यक्ष चन्द्र बहादुर थापा (सागर) लगायतले अहिलेको सम्सदिय ब्यबस्था परिबर्तन गर्नुपर्नेमा जोड दिएका थिए।उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाली जनता दलका संघीय परिषद अध्यक्ष अनुप पहाडीले गरेका थिए भने प्रवक्ता श्याम थापाले कार्यक्रम संचालन गरेका थिए।हेरौ कार्यक्रमका केही दृश्यहरु