काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’ मा हराउँदै ओमानले उपाधि जितेको हो ।
फाइनलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो । त्यसपछि ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको ओमानले कुनै पनि विकेट नगुमाई २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ‘सुपर ओभर’ मा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।
‘सुपर ओभर’ मा ओमानबाट बिलाल खान बलिङ गर्न आएका थिए । उनले पहिलो बलमै नेपालका कुशल भुर्तेललाई आउट गराए । दोस्रो बलमा बिलाल खानले कुनै रन दिएनन् । तेस्रो बलमा कुशल मल्लले एक रन बनाए । बिलाल खानको चौथो बलमा गुल्सन झाले एक रन लिए । पाँचौँ बलमा कुशल मल्लले चार रन बनाएका थिए । अन्तिम बलमा पनि कुशल मल्लले चौका प्रहार गरेका थिए । त्यसअघि नेपालले ‘सुपर ओभर’ मा बलिङ गर्ने जिम्मा अविनोष बोहरालाई लिएको थियो ।
त्यही निणर्य नै नेपाली टोलीको हारको कारण बन्न पुग्यो ।