मुक्तक १
मेरो एउटा सन्देश नेपालीहरु सबैलाई
अब त नेपालमै आउस् न दाजुभाई
नेपालमा पनि केही गर्न सकिन्छ नि हजुर
बाख्रा पालाै सबै मिलि भैसी अनि गाई

मुक्तक २
विदेश जाऔ भन्छन्,तर नेपालमै पसिना बगाउँछु म
सिस्नुको खोले खान्छु,अनि टालेको लुगा लगाउँछु म
हो,थाहा छ पसिनाको कमाइले नै सधै सन्तुष्टि दिन्छ
त्यसैले नेपालमै पसिना बगाउ भन्ने चेतना जगाउँछु म
जेनिशा घिमिरे
ओखलढुंगा