मुक्तक १
मेरो थोरै कमजोरी देखियो पुरै खोटमा
मलम मागेको थिए नुन छरिदिए मेरो चोटमा
मान्छेको जीवन अमूल्य भन्दै के व्याख्या गर्नु
जसको औकात नापिन्छ सिर्फ पैसाको नोटमा
मुक्तक २
आफूले सजिलै पाएको चिज सबलाई सस्तो लाग्छ
मलाई माया मारेर छोडेर जादा तिमीलाई कस्तो लाग्छ ?
म भन्दा कयौं गुना बुझ्ने र असल भेटाउँछु ठान्छौ होला
सुन पाउने आशमा हातको हिरा उम्कायौ जस्तो लाग्छ
मुक्तक ३
नचाहिदो बोलेर कसैले तिम्रो मन भर्छ कि ?
राम्री कोही देखेसी उतै तिम्रो मन सर्छ कि?
ए सुन न ! मेरो मन निकै डराउँछ अचेल
पुरानो हुँदै गए पछि तिम्रो माया मर्छ कि?
मुक्तक ४
सच्चा प्रेमीको लागि जिन्दगानी बनिदिन्छु
शुभचिन्तकलाई सम्बन्धको खानी बनिदिन्छु
आगो बनेर कोही मलाई जलाउन आउँछ भने
जल्ने खरानी होइन निभाउने पानी बनिदिन्छु