गोकर्णेश्वर। युवाकवि माेतीराम भट्टकाे १५८ औ जन्मजयन्तीकाे अवसरमा  गोकर्णेश्वर – ८ मा रहेको रिडर्स इन्टरनेसनल मोडेल स्कुलले बृहत् कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न गरेको छ । प्रमुख अतिथि प्राडा ध्रुव घिमिरेको उपस्थिति रहेको  उक्त कार्यक्रममा प्राडा देवी नेपालले ३० विद्यालयका झण्डै १०० जना विद्यार्थीहरुलाई कविता लेखन तथा वाचन प्रशिक्षण दिनु भएको थियाे । प्रतियाेगितामा विपुल शिक्षा निकेतनकी दुर्गा खतिवडा नगद ५ हजार ,प्रमाणपत्र सहित प्रथम भइन्  भने ऋपुमर्दिनी सैनिक मा.विका हृदयमानसिह बस्नेतले नगद ३५०० ,प्रमाणपत्र सहित दोस्रो भए , ग्रीनतारा चाइल्ड हावेनका भेषराज सापकाेटाले नगद  २५०० ,प्रमाणपत्र सहित तेस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी प्राेत्सान पुरस्कार तर्फ अरुणिमा मा.वि.का सुनन्दन पाैडेल र एम्विशन एकेडेमीकी पुरवी अधिकारीले नगद २०००/- सहित पुरस्कृत भएका छन्  ।

उक्त प्रतियाेगितामा आयोजक रिम्स तर्फ उत्कृष्ट पुरस्कारमा दिपदर्शन न्याैपानेले उत्कृष्ट रिम्स नगद १००० /- सहित पुरस्कृत भएका थिए । कार्यक्रममा ३० विद्यालय सहभागी भएका थिए । हरेक वर्ष माेती जयन्तीमा हुने यस  कार्यक्रम विगत १६ वर्षदेखि निरन्तर छ ।कार्यक्रममा साहित्यकार गाेविन्द घिमिरे वेदमणि , नारायण निराशी , सुदेश सत्याल , मेनका पाेखरेल राजकुमार श्रेष्ठ , विपी इलामे, गणेश खतिवडा , कुमार अधिकारी,यादव घिमिरे , साधना खतिवडा, ज्ञानु विद्राेही लगायत साहित्यकार तथा प्रिन्सिपल अतिथि रहनु भएको थियाे । शिक्षिका प्रजिता निराैलाले सञ्चालन गर्नु भएको साे कार्यक्रममा सुजता थापा , युरिका खाती र डाेल्माे लामाले कविता सुनाएका थिए । प्रिन्सिपल बालमुकुन्द कार्कीकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा सह प्रिन्सिपल धर्मेन्द्रसिह चाैधरीले स्वागत मन्तव्य राख्नु भएको थियाे ।