भक्तपुर । कृषकहरूलाई  रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन  सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुस तथा आमसभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।

जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाई दिनुहुन सम्पूर्ण वास्तविक कृषक, न्याय प्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरूमा सादर आह्वान गरिएको छ ।