सुर्य कुमार घिसिङ
उच्च रक्तचापको समस्या बढ्दै गएको छ । बिश्वभर नै यो समस्या फैलिएको छ ।खासगरी नव युवादेखी व्यस्कहरुमा समेत यो समस्या छ ।
नेपालमा युवापुस्तामा उच्च रक्तचापको समस्या बढिरहेको विभिन्न खाले तथ्याङ्कहरुले देखाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ अर्ब भन्दा बढिमा मानिसमा उच्च रक्तचाप समस्या छ । यो क्रम बढिरहेको छ । ४६ प्रतिशत वयस्कहरुले उच्च रक्तचाप भएको नै थाहा नपाउने स्थिति छ ।नेपालमा पनि ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।
चिकित्सकहरुको अनुसार नेपालमा ३० देखि ६९ वर्षका २५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको छ ।
मानव शरीरमा रगतको प्रवाह हुँदा सिस्टोलिक ब्लड प्रेसर १ सय ४० एमएमएचजी भन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजीभन्दा बढी भएमा उच्च रक्तचाप भएको मानिन्छ ।
मानसिक तनावका कारण उच्च रक्तचाप भइरहेको छ । अव्यवस्थित जीवनशैली, अधिक मानसिक तनाव र अस्वस्थकर खानपिनले मानिसहरूमा उच्च रक्तचाप बढेको जनाइन्छ । व्यबस्थित जीवनशैली र खानपिनले उच्च रक्तचाप हटाउन सहयोग गर्छ।