सुर्य कुमार घिसिङ

काठमाडौं  । नव निर्देशक नविन घिमिरेद्वारा निर्देषित सामाजिक कथामा आधारित झम्टा सिरियल दर्शकले रुचाएका छ्न । सुख शान्ति मिडियाको निर्माणमा बनिरहेको यस सिरियलको कथा आख्यानकार दामोदर ढकाल ` दिपक ´ ले लेखिरहेका छ्न । सात भाग प्रसारण भइसकेको यस सिरियलमा नवीन घिमिरे , भोले भण्डारी , दामोदर ढकाल , हिरा ढकाल , सुमन तिमल्सिना , बसन्त पुडासैनी , अन्जु गुरुङ ,नेन्सी श्रेष्ठ , रामेश्वर भण्डारी , फणीन्द्र न्यौपाने , ऐश्वर्या सुनुवार लगायतको अभिनय रहेकोे छ । दामोदर ढकालको छायांकन , शक्ति परियार र तिलक भट्टराईको सम्पादन रहेको छ ।
कथाकार ढकाल भन्छन् – ` हामीले समसामयिक कथालाई प्राथमिकता दिएका छौँ । नेपाली राजनीति र समाजका बिकृतिलाई उर्जागर गर्न खोजेका छौँ । समाज जस्तो छ त्यस्तै देखाउने प्रयत्न हो । ´
निर्माण टिमले दिएको जानकारी अनुसार यो सिरियल कम्तीमा २५ भाग प्रसारण हुनेछ । सिरियल छायांकन माछापोखरी आसपासमा भइरहेको छ ।