💔 गजल 💔
जन्मको कारण जन्मको औचित्य खै!कसरी बिर्सिएँ
बिर्सिएँ,म को हुँ भन्ने बिर्सिएँ,के हो जिन्दगी?बिर्सिएँ

लेख्थे जस्तो लाग्छ,कहिले सुन्थे जस्तो पनि लाग्छ!
आखिर,म लेखक थिएँ कि पाठक थिएँ कि बिर्सीएँ

साला पिडाहरुसँग यस्तो नमज्जाले लत बस्यो कि
यार,हाँसो कस्तो हो?बिर्सिए,के हो खुशी?बिर्सीएँ!

बटुलेर भोगाईरहरु उपन्यास बनाउछु सोचेको थिएँ
जब जीवन बर्बादियो,जम्मै भोगाई,काहानी बिर्सिएँ

साबित्रा उमारा
सिन्धुली