सुर्य कुमार घिसिङ

हामी बुद्ध जयन्तीको आसपासमा छौँ । प्रत्येक बर्ष आउने बुद्ध जयन्तीका अवसरमा हामीले अकुशल कर्महरुको साटो शान्ति , एकता र प्राणीहरुको हितको बारेमा सोच्नुपर्छ । जीवन व्यबहारमा असल कर्महरुको योग देखिनुपर्छ भनिरहेका छौँ । आजको बिश्व परिवेशमा बुद्धका उपदेशहरु झन सान्दर्भिक भएको छ । मानवता भावना प्रवल हुनुपर्ने आवस्यकता देखिएको छ ।
बुद्धले दया होइन करुणालाई जोड दिनुभयो । दयामा दयनीयता देखिन्छ । दयामा स्वार्थ पनि मिसिन्छ । करुणामा खुल्ला हृदयले गरिने प्राणी हित चिताउने बिधि हो । दयामा मोह छ करुणामा प्रेम । हामीले करुणाको भावनालाई जागृत गर्नुपर्छ।
पछिल्लो समय बिपश्यना ध्यानबारे नेपाली समाजमा बहसहरु हुन थालेका छ्न । कतिपयले बिपश्यना ध्यान गरेर जीवनमा आमूल परिवर्तन आएको कुरा विभिन्न सामाजिक संजाल मिडिया मार्फत गरिरहेका छ्न । बुद्धको समयमा नै प्रचलित यो ध्यानलाई धेरै मानिसहरू समक्ष पुर्याउन सके मानव हितको लागी कल्याणकारी हुने थियोे ।
कतिपयले बुद्धलाई नबुझीकन बुद्धमार्गी भएको दावी गरिरहेका छ्न । जीवन पद्धतिमा बुद्ध शान्ति , करुणा र मानवता नभै हामी बुद्धमार्गी हुन सक्दैनौं । आफुलाइ अहित चियाउनेलाइ समेत हितको कामना गर्नुपर्छ । सबैको हित चाहनुपर्छ । र पो बुद्धमार्गी हुन सकिन्छ ।