काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूका लागि चियापानको आयोजना गरेका छन् । शनिबार बिहान शीतल निवासमा चियापानको आयोजना गरिएको हो ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्ने हेतुले चियापान गरेका हुन् ।