सिन्धुली । सिन्धुलीमा आज दिउँसो जिपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । जिपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो । बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।