काठमाडौं । मिरा राई इनिसिएटिभसको आयोजनामा शनिबार पाँचौ स्तुपा टु स्टुपा ट्रेल रेस हुने भएको छ । स्पुता टु स्तुपा रेसमा महिला र पुरुष ५४ किलोमिटर र २१ किलोमिटर अलग अलग दौड समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

स्वयम्भुबाट सुरु रेस जामाचो, नागि गुम्बा, कपन हुँदै बौद्ध पुगेर टुंगिनेछ । नेपाली १ सय ६० जना सहित १६ राष्ट्रका झण्डै २ सय ५० जनाले रेसमा भाग लिने बताइएको छ । स्तुपा टु स्तुपा रेस धावकहरुलाई रेसले नयाँ अनुभुति दिने  अल्ट्रा धाविका मिरा राईले बताइन् , ‘ धावकहरूले काठमाण्डौं उपत्यकाको वरिपरि रहेको घनाजंगलको किनार हुँदै ऐतिहासिक तथा पुरातात्विक स्तुपाहरू रहेको अग्लो स्थानहरूको समिप हुँदै दौड पुरा गर्ने अवसर पाउने समेत राईले  बताइन् ।