काठमाडौं । राजधानीको कालिमाटी मुख्य कार्यालय राखेर उपत्यकाको विभिन्न स्थानमा शाखा कार्यालय खोलेर बचतकर्ताबाट करोडौं रकम उठाएका ” स्वर्ण लक्ष्मी ” बचत तथा ऋण सहकारी संस्था अहिले बचतकर्ताको करोडौं रकम फिर्ता दिन नसकेर कार्यालय नै बन्द गरेर बस्नुपरेको छ। अहिले दैनिक बचतकर्ताहरु कार्यालयमा बचत फिर्ताको लागि धाए पनि नगद कारोबार बन्द हुँदा आफुले बचत गरेको बचत फिर्ता लिन सकेका छैनन् । यहि माघको दोस्रो सातादेखी कार्यालय खोलिएको भए ता पनि बचतकर्ताहरुको नारा जुलुस र तोडफोडले गर्दा अर्को सुचना जारी नभएसम्मका लागि संस्थाबाट नगद कारोबार बन्द गर्नुपरेको सस्थाको सुचनामा जनाएको छ। संस्था बाट कारोबार ठप्प हुँदा यता बचतकर्ताहरु भने अब के गर्ने भनेर अन्योलमा छन् ।एक बचतकर्ता भन्दै थिए,” ५ लाख बचत गरेको छु , जाबो एक पटकमा २५ सय पो दिने रे! २५ सय को दरले कहिले बचत फिर्ता गर्नु र?सरकारले बित्तिय संस्थाहरुको लागि कडा कानुन बनाउन नसक्दा सर्बसाधारणको लाखौ करोडौं रकम अहिले बालुवामा पानी जस्तै भएको छ।