काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको पुनर्बहाली भएको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा पुनर्बहाली गरेको हो ।
रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले भने, ‘आजको बैठकमा उहाँलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको थियो । बैठकले उहाँलाई सभापतिमा पुनर्बहाली गरेको छ ।’
सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त भएका थिए । आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिमा फर्किएका छन् ।