हाम्रो समाजले धेरै समस्या नमानेको र समाजमा एउटा दरो समस्या बनेको छ – मानसिक समस्या । हरेक मानिसका जीवनमा मानसिक तनाव हुन्छ । तनावविहिन मान्छे हुँदैन । सामान्य तनावले मान्छेलाई कामहरूको निम्ति सचेत हुन सघाउछ । तनाव धेरै हुँदा यो समस्या बन्छ ।
बुद्धले जीवनमा दु:खहरुको छ्न र यसबाट मुक्त हुन सकिन्छ भन्नुभएको छ । हामीले के बुझ्न जरुरी छ भने जीवनमा आइरहेका दु:खहरुको एकदिन नास हुन्छ । हरेक कुरा जस्तै दु:ख पनि नास हुन्छ ।
हामीले जीवनमा तनाव ब्यबस्थापन गर्नेबारे सोच्नुपर्छ । समाजले जस्तै ब्यक्तिले पनि मानसिक स्वास्थप्रती सचेत हुन जरुरी छ । हरेक मानिसको जीवनमा दु:ख छ , दु:खको समाधान पनि छ ।
समाजमा अरुको भलो चाहने मान्छे दुखी हुँदैन । दानी मान्छेको जीवनमा सुखका पालुवा लाग्छ , जीवनमा बसन्तको बहार आउँछ ।
आउनुस आफ्नु पनि भलो सोचौं । समाजको भलो चिताउ ।