एन्टिना घनश्याम,काठमाडौ ।कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारस्थित हाइली क्रीएटिभ इङलिस सेकेन्डरी स्कुलको प्ले ग्रुपदेखी कक्षा ३ सम्मको मिनि प्यारेन्टस डे भब्यरुपमा सम्पन्न भएको छ।  साना बिद्यार्थीहरुले करिब ३ दर्जन नृत्य,गायन,नाटक लगायतका प्रस्तुतिले करिब पाँच सय अभिभावकहरुलाइ दिनभरिनै मन्त्रमुग्द बनाएका थिए। नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष एबम बरिस्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तामाङ फिल्म निर्देसक डि बि दोङ,चलचित्र खलनायक सुरेन्द्र खड्का,लगायतको समेत उपस्थिति थियो। सो अबसरमा बिध्यालयका प्रधानाध्यापक राजु न्यौपानेले हाइली क्रीयटिभ स्कुलले बिद्यार्थीहरुलाई किताबी ज्ञानमा  मात्र सिमित नराखी उनिहरुको चौतर्फी बिकास र सिपमुलक शिक्षामा बिशेष जोड दिदै आइरहेको बताएका थिए। गोठाटार,काडाघारी एरियाकै अभिभावक एबम बिद्यार्थीको पहिलो रोजाइमा परेको यो स्कुल कक्षा १२ सम्म सन्चालनमा रहेको छ।