मुलबाटो भेटाउनेहरु गोरेटो बिर्सेर हिँड्छन
आफैँ भुइँमा छन अरुलाई कुल्चेर हिँड्छन!
मलाई समयले लुटेको थाहा पाउनेहरु अचेल
देखेर पनि नदेखेझैँ गरेर हिँड्छन!
आफ्ना भनिएका त मनभरी मैलो थुपार्छन्
बरु नचिनेका हरु एकवचन बोलेर हिँड्छन!
अरुले झैँ बाँच्न पाउँदैन फलेको रुखले
बाटो हिँड्नेले पनि ढुङ्गा हानेर हिँड्छन!
मान्छेलाई मान्छेको जस्तो व्यावहार गर्दैनन्
देख्दा अबिर लागेको पत्थर ढोगेर हिँड्छन!