मुक्तक १

भाँडा अनुसारकाे आकार जस्तो लाग्छ
मात्रै चोटै चोट मारै मार जस्तो लाग्छ
खै के रहेछ जिन्दगी पनि बुझ्नै नसकिने
आफैं अचानो आफैं धार जस्तो लाग्छ

मुक्तक २
विश्वास गरिरहनु अपार गल्ती भएछ
अझैं पागल भएँ बारबार गल्ती भएछ
तिमी मेरो मायामा निसासिएका रहेछौ
माया उस्तै गरिरहेँ एकतार गल्ती भएछ

मुक्तक ३
सहनु परे पनि हार नै हार जिन्दगी जिउनु छ
भेटिएला नि जित एकबार जिन्दगी जिउनु छ
आँखा भरी आँसु अनि ओठमा मुस्कान उस्तै
आफ्नैले दिए चोट लगातार जिन्दगी जिउनु छ