एन्टिना घनश्याम,काठमाडौ । एसोसिएसन अफ प्री स्कुल एजुकेटर्स नेपालको दोस्रो केन्द्रिय महादिबेसनबाट कोभिदा किड्स प्री स्कुलकी संचालिका,प्रीन्सिपल सम्झना बस्नेत केन्द्रिय सचिबमा निर्बाचित भएकी छिन। राजधानीमा हालै सम्पन्न अपेनको दोस्रो महाधिवेशनबाट बस्नेत भारी मतले बिजयी भएकी हुन् । एक दसक भन्दा बढी समयदेखी शिक्षासेवामा सक्रिय उनिले आफ्नो कार्यकालमा प्री स्कुलहरुको स्तरुन्नतिमा बिशेष भुमिका खेल्ने समेत जानकारी गराइन।