सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. १ का भुमिहिन सुकुम्बासीहरुलाई निस्सा बितरण गरिएको छ। वडाध्यक्ष  छ्त्र बहादुर राउतको अध्यक्षतामा सुरुङ्ग नगर प्रमुख  गिता चौधरी ,नगर उप-प्रमुख  रुद्र बहादुर कार्की,भूमी आयोग सप्तरीका अध्यक्ष  हरेराम यादव, ,सप्तरी जिल्लाका नापी शाखाका अधिकृत  धर्म नारायण ठाकुर ,भूमी आयोग सर्वेक्षक सप्तरीका विशेश्वर प्रसाद साहको उपस्थितिमा पहिलो चरणमा  वडा न. १ का  ४२ जना भूमीहिन सुकुम्बासीहरुलाइ निस्सा वितरण कार्य सम्पन्न गरिएको थियो ।