अपांगता क्षेत्रमा काम गर्दै आएका समाजसेवी तथा कलाकार सवित बज्राचार्य एउटा नयाँ म्युजिक भिडियो ल्याउने योजनामा छ्न । यो म्युजिक भिडियो नयाँ ढंगले ल्याउने तयारी छ्न । उनी आफैले लेखेको गीत रेकर्ड भइसकेको छ । उनको शब्दमा शंकर थापाको रचनात्मक सहयोग रहेको यस गीतका संगीतकार उदयराज पौडेल हुन ।
सवितको गीतमा लोकप्रिय गायक प्रमोद खरेलले आवाज भरेका छ्न ।
`उर्वशी´ नामक गीतमा सौन्दर्यको बयान छ । गीतको म्युजिक भिडियोलाई सिर्जनात्मक बनाउन टिम लागिरहेको छ ।