नेपाल चलचित्र कलाकार संघका महासचिव एबम नेपाल सास्कृतिक संघका केन्द्रिय सह महामन्त्री चेत बहादुर राजाको नेतृत्वमा तारकेश्वर भिजिट ग्रुप का शदस्यहरुको टिस्टुङ भ्रमण सम्पन्न  भएको छ। मकवानपुरको पर्यटकियस्थल टिस्टुङ पालुङ को आन्तरिक पर्यटन प्रबर्द्धन समेत गर्ने उद्धेश्य अनुरुप यो समूहले भ्रमण आयोजना गरेको संयोजक राजाले बताए । उक्त ग्रुपमा तिर्थ थापा ,एच के अर्याल ,बेद सुवेदी,ईश्वर अमागाइ,नरहरी गौतम,निराजन,सागर,युदेश खतिवडा लगायतको सहभागिता रहेको थियो। थुप्रै चलचित्रमा सशक्त अभिनय गरेका राजाले केही चलचित्र समेत निर्माण गरिसकेकाछन। पछिल्लो समयमा समाजसेवामा समेत सक्रिय उनले छिट्टै नया प्रोजेक्टको तयारीमा रहेको बताउँछन् ।