गोकर्णेश्वर। राष्ट्रिय तथा अन्तरास्ट्रिय कराते प्रतियोगिता सप्पन्न गर्दै  नेपाललाई राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलकुद केन्द्रको रूपमा बिकास गर्न र खेलाडीहरुलाई आत्म बिकास, अनुशासन र नैतिकतामा निखारपन ल्याउदै आइरहेको  तोयकान नेपाल वादेरियो कराते संघले २ दिने दोस्रो मेयर कप कराते प्रतियोगिता काठमाडौंको बौद्ध  स्थित लर्ड लाइटस एकेडमीमा यहि पुस ८ र ९ गते भब्य समारोहबीच सम्पन्न गरेको छ। प्रतियोगितामा  ईचङ्गुनारायण डोजो ४ स्वर्ण,५ रजत र ४ कास्य पदक सहित प्रथम भएका छन् भने  ठैब डोजो ललितपुर  ४ स्वर्ण,२ रजत र २ कास्य पदक सहित दोस्रो भएका छन् ।

प्रमुख अतिथी नवनिर्वचित काठमाडौं क्षेत्र नम्बर ३ का संघीय साम्सद  सन्तोस चलिसे,बिशिस्ट अतिथि काठमाडौं क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद  छिरिङ दोर्जे लामा र सोही क्षेत्रका साम्सद  शान्ति श्रेष्ठले भब्य समारोहका बिच  उद्घाटन गरिएको कर्यक्रममा विभिन्न बिधाका ५५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । नेपाल वादेरियो कराते संघका संस्थापक अध्यक्ष  सन्जय लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कुल ३० स्वर्ण पदका लागि प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा ३५ जना निर्णायकहरुले खेलाडीहरुको क्षमता मुल्याकन गरेकोमा प्रतियोगितामा नागार्जुन नगरपालिका, गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका भृकुटी समुहले क्रमस प्रथम, द्वितीय र तृतीय स्थान  हासिल गरेका थिए । खेलाडीहरुमा स्वस्थ्य प्रतिस्पर्धाको भावना बिकास  गर्न खेल क्षेत्रका विभिन्न ब्यक्तिहरु आमन्त्रित गरिएको उक्त कार्यक्रममा बिजय खेलाडी तथा नगरपालिकाहरुलाइ गोकर्नेश्वोर नगरपालिका प्रमुख दिपक रिसालले शिल्ड तथा प्रमाणपत्र वितरण गरि कार्यक्रमको अन्त्य गर्नु भएको थियो। कार्यक्रममा सहभागी निर्णायक मण्डल, खेलाडी, प्रशिक्षक, प्रत्यक्ष सहयोग गर्ने गोकर्नेश्वोर नगरपालिका, लगायत सम्पुर्ण सहयोगिहरुलाइ संस्थाका केन्द्रीय माहसचिब एवम् प्रमुख प्रशिक्षक श्री अरुण कुमार कार्की (रमेश) ले धन्यवाद प्रकट गर्नु भएको थियो। कार्यक्रमको संचालन तोयकान नेपाल वदोरियो कराते संघका केन्द्रिय सचिब श्री ओमप्रसाद ढकालले गर्नु भएकालेे थियो।